खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा ठूलो उपलब्धि : ‘ठूलोगुमेला खानेपानी योजना’ उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार ७

खुम्बु, सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–३ स्थित ‘ठूलोगुमेला खानेपानी योजना’को उद्घाटन गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले एक विशेष समारोहबीच आज (शुक्रवार) सम्पन्न गर्नुभएको छ। कादुरी एग्रीकल्चरल एड़ एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त योजना स्थानीयको दीर्घ प्रतिक्षाको समापन भएको छ।

कुल १ करोड ४१ लाख ८२ हजार ३८६ रुपैयाँ कादुरीको आर्थिक सहयोग तथा ९ लाख ४० हजार रुपैयाँ बराबरको श्रमदान रिमिजुङ राङदिङ खानेपानी निर्माण समितिबाट जुटाइएको छ। साथसाथै गाउँपालिकाको ४३ लाख रुपैयाँको लागतमा आधुनिक फायर हाईड्रन्ट प्रणाली समेत जडान गरिएको छ।

उक्त योजनाबाट वडा नं. ३ का ३ सय स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने ६१ घरधुरीले शुद्ध खानेपानीको सेवा पाउनेछन्। साथै, सगरमाथा पदमार्ग अन्तर्गत राङदिङ क्षेत्रका ९ होटेल व्यवसायी पनि पानी सेवाबाट लाभान्वित हुने भएका छन्।उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष मिङमा छिरी शेर्पाले खानेपानी पहुँचलाई प्राथमिकता दिएको बताउनुभयो। “गाउँपालिकाका पाँचै वडामा खानेपानी योजनासँगै अग्नि नियन्त्रण प्रणाली जडानमा तीव्रता दिइएको छ,” अध्यक्ष शेर्पाले भन्नुभयो, “कादुरीसँगको सहकार्य भविष्यमा पनि जारी रहनेछ।”

गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले स्थानीय समुदायले योजनाको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो। वडा नं. ३ का अध्यक्ष नुरु जाङ्बु शेर्पा र प्रवक्ता लाक्पा छिरी शेर्पाले साझेदारी संस्थाहरूसँगको समन्वयमा स्वच्छ पानी कार्यक्रमलाई थप विस्तार गर्ने बताए।
रिमिजुङ राङदिङ खानेपानी निर्माण समितिका अध्यक्ष ङवाङ थ्याप्के तामाङले दुर्गम भौगोलिक स्थानका कारण सामग्री ढुवानीमा चुनौती भए पनि समयमै योजना सम्पन्न भएको जानकारी दिनुभयो।
२०७१ साल माघ ३ गते प्रारम्भिक सर्वेक्षण गरिएको योजना २०८१ फागुन १५ गतेदेखि निर्माण सुरु भई २०८२ असार १ गते सम्पन्न भएको हो।
कादुरी एग्रीकल्चरल एड़ एसोसिएसनले यसअघि चौरीखर्क, छेप्लुङ, नाचिपाङ, ठाडोकोशी र घाट क्षेत्रका २४३ घरधुरीमा शुद्ध पानी पुर्‍याएको छ। साथै, वडा नं. २ र ३ मा तीनवटा झोलुंगे पुल तथा ठाडोकोशीमा सय किलोवाट क्षमताको लघुजलविद्युत् योजना पनि निर्माण गरिसकेको छ।
उद्घाटन कार्यक्रममा औतारी लामा नष्ट रीम्पोचेको विशेष उपस्थिति रहेको थियो भने वडा नं. ३ का स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *