तोसिमाले रास्वपाको पुनःगठनका लागि चार बुँदे रोडम्याप अघि सारिन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी पुनःगठनका लागि चार बुँदे रोडम्याप प्रस्तुत गरेकी छन्। उनले पार्टीको पहिलो महाधिवेशन आगामी मंसिरभित्रै गर्नुपर्ने जोड दिएकी छन्।

महाधिवेशन आयोजक समितिमा विभिन्न वैकल्पिक शक्तिहरू र बौद्धिक वर्ग समावेश गरी पार्टीको संरचना समावेशी बनाउनु पर्ने उनको भनाइ छ।

कार्कीले अन्य राजनीतिक दलहरूसँग एकता गर्न र राष्ट्र निर्माणको वैचारिक नेतृत्व लिन रास्वपाले नयाँ मध्यमार्गी भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्।

बैठकले आगामी चुनावपछि ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *