प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच निर्वाचन तयारीबारे भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २०

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच आगामी निर्वाचन तयारी र राजनीतिक वातावरणबारे बुधबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा प्रधानमन्त्री कार्कीले सुशासन र जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरणमा सरकार सक्रिय रहेको बताइन्।

पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दलहरू चुनावमा सहभागी हुनुपर्ने र लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि चुनाव अपरिहार्य रहेको उल्लेख गरे।

उनले सुरक्षा सुदृढीकरण र सबै निकायबीच समन्वय आवश्यक रहेको पनि औंल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *