|
२०८२ कार्तिक १७
मुग्लिन । चितवनको इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति खसेको सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग अहिले दुईतर्फी सञ्चालनमा आएको छ।
राति करिब ९ बजे सडक पूर्ण रूपमा बन्द भएपछि यात्रु र सवारीसाधन अलपत्र परेका थिए।
प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाएपछि गए रातिदेखि नै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्