पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १७

मुग्लिन ।  चितवनको इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति खसेको सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग अहिले दुईतर्फी सञ्चालनमा आएको छ।

राति करिब ९ बजे सडक पूर्ण रूपमा बन्द भएपछि यात्रु र सवारीसाधन अलपत्र परेका थिए।

प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाएपछि गए रातिदेखि नै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *