|
२०८२ कार्तिक १३
काठमाडौं : जापान सरकारले बिपी राजमार्गको पुनःनिर्माण र मर्मतका लागि नेपाललाई रु दुई अर्ब ६० करोड बराबरको अनुदान सहयोग प्रदान गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालस्थित जापानी राजदूत तोरु मायदाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
१५९ किलोमिटर लम्बाइको बर्दिवास–धुलिखेल खण्डको बिपी राजमार्ग गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त भएपछि पुनःनिर्माणका लागि यो सहयोग प्राप्त भएको हो।
समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जापानलाई नेपालको विश्वसनीय विकास साझेदारका रूपमा धन्यवाद दिएका थिए। जापानी राजदूत मायदाले उक्त सहयोगले राजमार्गका क्षतिग्रस्त भाग पुनःस्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्