×

बेलायतद्वारा नेपाललाई पौने १४ अर्ब अनुदान सहयोग

भदौ १३, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : बेलायतले नेपाललाई करिब पौने १४ अर्ब रूपैयाँ अनुदान सहयोग गरेको छ। नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा छुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ। बेलायतले नेपाललाई ७७.३ मिलियन बेलायती पाउन्ड अनुदान सहायता उपलब्ध गराउने भएको हो। ७७.३ मिलियन बेलायती पाउन्डको करिब १३ अर्ब ७१ करोड रूपैयाँ हुन्छ।

नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता कार्यक्रमको लागि ३८.५ मिलियन बेलायती पाउन्ड अनुदान सहायता रकम रहेको छ। कार्यान्वयन अवधि ६ वर्ष रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालयअन्तर्गत विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तनलाई सुदृढ गर्न लागु हुनेछ। कार्यक्रम कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन हुने अर्थ मन्त्रालयले जनाएको छ।

त्यसैगरी, दोस्रो समझदारीपत्र अनुसार प्रणाली सुदृढीकरण मार्फत लैंगिक तथा मानव विकासका परिणामहरू सुधार कार्यक्रमका लागि ३८.८ मिलियन बेलायत पाउन्ड अनुदान सहायता रकम रहेको छ। कार्यान्वयन अवधिसात वर्ष रहेको यस कार्यक्रमले विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा त्यस्तो सेवामा पहुँच विस्तारमा जोड दिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: