काठमाण्डौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सुरक्षा व्यवस्था सुदृढ पार्नका लागि तत्काल ६ करोडको सहयोग घोषणा गरेको छ । आज शुक्रबार ललितपुर महानगरपालिकामा मेयर्स फोरमले पत्रकार सम्मेलन गर्दै सहयोग घोषणा गरेको हो ।
बिहीबार गोदावरी नगरपालिकामा बसेको फोरमको १२ औँ बैठकले आन्दोलनले आगलागी भएको सिंहदरबार भवनको पुनर्निर्माण गर्न ५ करोड, सीसीटिभी प्रणाली व्यवस्थापन गर्न उपत्यका प्रहरी कार्यालयलाई १ करोड सहयोग गर्ने निर्णय गरेको थियो ।
तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका उपत्यकाका अन्य नगरपालिकालाई समेत सेवा प्रवाहमा सहजीकरणका लागि क्षति विवरणका आधारमा थप सहयोग गर्ने फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबू महर्जनले बताएका छन् । तत्काल गरिने सहयोग मेयर्स फोरमको कोष भएको पैसाबाट गर्ने भएको हो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Miranda2845
September 26, 2025https://shorturl.fm/2gYTJ