कुलमानको कडाइः महसुल नबुझाउने १८ उद्योग अन्धकारमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ९

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनमार्फत बिजुली प्रयोग गरी महसुल नतिर्ने १८ उद्योगको विद्युत् लाइन काटेको छ।

यसअघि ६ उद्योगको लाइन काटिएको थियो। काटिएका उद्योगमध्ये पञ्चकन्या स्टिल, गोयन्का फुड्स, कसमस सिमेन्ट, विशाल सिमेन्ट, बुटवल सिमेन्टलगायत छन्।

प्राधिकरणका अनुसार करिब ८ अर्ब रुपैयाँ बक्यौता रहेको छ। केही उद्योगले किस्तामा भुक्तानी गर्न थालेका छन् भने ६ उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन्।

प्राधिकरणले असोज १२ गते २१ दिनभित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो, तर समयमै नतिरेपछि विद्युत् महसुल संकलन नियमावली, २०७८ अनुसार लाइन काटिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *