धिकरण सञ्चालक समितिले गर्यो उद्योगहरुको काटिएको लाइन जोड्ने निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ७

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो ।

नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो । ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’को दफा १३ को उपदफा १० मा यो व्यवस्था रहेको आयोगले बताएको छ । यही बमोजिम लाइन तत्काल जोड्न निर्देशन दिएको थियो ।

आयोगबाट निर्देशन आएपछि प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बनेका हुन् ।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादपछि धमाधम उद्योगहरूको लाइन काट्दै आएको थियो । लामो समयदेखि उद्योग र प्राधिकरणको विवाद नयाँ सरकार गठनपछि नयाँ मोड लिँदै गइरहेको छ । सरकारले प्राधिकरण र नेतृत्व घिसिङलाई पेल्ने नीति अवलम्बन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *