×

कुलमानले काटे कांग्रेस संसदीय दल कार्यालयको लाइन

पुस २५, २०८१ | दाक्सु मिडिया

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले बत्तिको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन काटिदिएको छ । प्राधिकरणले आज बिहानबाट संसदीय दल कार्यालयको लाइन काटेको हो ।

तीन महिनासम्म बत्तिको बिल नतिर्दा प्राधिकरणले लाइन काट्ने गरेको छ । संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको स्रोतले जनाएको छ ।

६५ हजार जति कांग्रेस संसदीय दलको कार्यालयले तिर्न बाँकी रहेको छ । संसद सचिवालय स्रोतका अनुसार आजै बत्तिको बिल तिरेर काटिएको लाइन जोड्ने तयारी भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: