सङ्क्रमणको प्रकोप रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड खर्च गरिने निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ३

काठमाडौं ।अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ कोभिड–१९ को रोकथाम, उपचार, नियन्त्रण र अस्पतालहरुको क्षमता अभिवृद्धि तथा स्वास्थ्य सामग्रीका निम्ति दिने निर्णय गरेको छ । 

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । 

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *