मुग्लिन–नारायणगढ सडकमा लेन अनुशासनमा सवारी चलाउन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

काठमाण्डौँ । सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डमा लेन अनुशासनमा सही सवारी चलाउन आग्रह गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै तुइन खोला नजिकैको पहिरोको जोखिम कायमै रहेकाले लेन अनुशासन कायम गर्न आग्रह गरेको हो ।

डिभिजनले सूचनामा भनेको छ,‘मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला पुल नजिकै यो वर्ष सबैभन्दा बढी दुःख दिएको पहिरोको स्थान हालको अवस्था । पहिरोको जोखिम कायमै रहेकाले कृपया लेन अनुशासनमा रही सवारीसाधन चलाउनुहुन अनुरोध गरिन्छ ।

पहिरो पन्छाएर सञ्चालनमा ल्याएपछि अलि अवस्था सामान्य रहेको छ । हाल उक्त स्थानमा दुई तर्फी यातायात सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *