|
२०८२ आश्विन २५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। शनिबार बिहान १० बजे शीतल निवासमा तय भएको यस छलफलको उद्देश्य आगामी फागुनमा हुने निर्वाचनको सन्दर्भमा आवश्यक समन्वय र सहकार्यका विषयमा कुराकानी गर्नु रहेको छ।
राष्ट्रपति कार्यालयका स्रोतका अनुसार छलफलका लागि सुदन गुरूङसहित जेनजीका विभिन्न समूहका प्रतिनिधिहरूलाई बोलाइएको हो।
यसअघि राष्ट्रपति पौडेलले शुक्रबार सरकार र राजनीतिक दलहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। सो अवसरमा उनले आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए। प्रधानमन्त्रीको पहलमा आयोजना गरिएको यस छलफलमा सरकारले राजनीतिक दलहरूसँग संवाद नगरेको पृष्ठभूमिमा राष्ट्रपति पौडेलले समन्वयकारी भूमिका खेलेका हुन्।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्