भोलि र पर्सि सडकमा जाने योजना नरहेको जेनजी प्रतिनिधिको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २१

काठमाण्डौँ । जेनजीका केही प्रतिनिधिहरूले अक्टोबर ८ र ९ मा जेनजी पुस्ता आन्दोलनका लागि सडकमा जाने कुनै कार्यक्रम नरहेको प्रस्ट पारेका छन् ।

मंगलबार जनेजी आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका उनीहरूले परिसर क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

सरकार र प्रहरी प्रशासन लगायत सरकारी निकायलाई कानुन कार्यान्वयनमा सघाउन जेनजी अगुवा ओजस्वी थापाले आग्रह गरे । अर्का जेनजी प्रतिनिधि जेम्स कार्कीले जेनजीले न्याय नपाएसम्म आन्दोलन नरोक्ने तर त्यो आन्दोलन शान्तिपूर्ण, अर्थपूर्ण हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *