जेनजी गतिविधि बढ्न थालेपछि काठमाण्डौंको सुरक्षा व्यवस्था मजबुत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २१

काठमाण्डौँ । जेनजी युवाहरुका गतिविधि पुनः बढ्न थालेपछि काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्नेहरुलाई पक्राउ गर्न र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न माग गर्दै जेनजी युवाहरु सडकमा आउन थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।

काठमाडौंका मुख्य चोक र सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरुमा प्रहरीको तैनाथी बढाइएको छ । प्रहरीको एक टोली माइतीघर–भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि ब्यारिकेड नै राखेर बसेको छ । अरु दिनमा त्यो बाटो पूरै खुल्ला हुने गर्दथ्यो ।

जेनजी पुस्ताका युवाहरुले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् । उनीहरुले माइतीघर मण्डलामा ओली र लेखकसहित आरजु राणा देउवा, माधव कुमार नेपाल, महेश बस्नेत लगायतका फोटो राखेर उनीहरुमाथि कारबाहीको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *