काठमाडौँमा आपतकालीन अवस्थामा निःशुल्क हेलिकोप्टर उद्धार सेवा सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

काठमाडौँ : वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा आपतकालीन उद्धारका लागि निःशुल्क हेलिकोप्टर सेवा प्रदान गर्ने घोषणा गरेको छ।

शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै संघले विपद्‌जन्य घटनामा सदस्य कम्पनीहरूले उद्धार कार्य निःशुल्क गर्ने जानकारी दिएको हो। उद्धारमा सहजीकरणका लागि प्राधिकरणलाई समन्वय अधिकारी तोक्न पनि संघले आग्रह गरेको छ। संघले बाढी, पहिरोजस्ता विपद्का लागि हेलिकोप्टर तयारी अवस्थामा रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *