|
२०८२ भाद्र २३
काठमाडौँ । सोमबार राजधानीमा जेनजीको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा घाइते भएकाहरूका लागि नेपाल मेडिसिटी अस्पतालले निःशुल्क उपचारको विशेष व्यवस्था गरेको छ।
अस्पताल प्रशासनले प्रदर्शनमा घाइते भएकाहरूको सहज र छिटो उपचारका लागि छुट्टै मेडिकल टिम र वार्ड तयार पारिएको जानकारी दिएको छ।
उपचार सेवा लिन चाहने घाइते वा उनका आफन्तहरूले अस्पतालको सहायताका लागि ११३४ नम्बरमा सम्पर्क गर्न सक्ने बताइएको छ।
नेपाल मेडिसिटी अस्पतालले यो सेवा प्रदान गरी सामाजिक उत्तरदायित्वमा जोड दिएको जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्