फर्किएनन् सहकारी ठगी र जबरजस्ती करणीका कैदी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १४

१४ असोज, काठमाडौं । पर्वत जिल्ला कारागारबाट गत भदौ २४ गते भागेका ८ जना कैदी अझै फरार रहेका छन्।

जवरजस्ती करणी, कर्तव्य ज्यान, र सहकारी ठगीसम्बन्धी अपराधमा दोषी ठहर भएका ती कैदीलाई एक साता भित्र फर्किन कारागार प्रशासनले सूचना जारी गर्दै अन्तिम चेतावनी दिएको छ।

खोजी तथा पक्राउ कार्यदल गठन गरी सूचनामार्फत आग्रह गरिए पनि अझै उनीहरू नफर्किएको जनाइएको छ। समयमै नफर्किए आश्रय दिनेहरूमाथि पनि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *