काठमाडौं । हाल देशभर मनसुनी प्रणाली र स्थानीय वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही हल्का देखि मध्यम वर्षा हुन सक्नेछ भने तराईका केही स्थानहरूमा समेत वर्षाको सम्भावना रहेको छ। विशेषगरी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले जनाएको छ।
आज रातिको लागि पनि मौसम सामान्यतया बदली रहनेछ। विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू–भागमा बदली रही, अन्यत्र आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
विभागले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी तथा जलस्रोत सम्बन्धी जोखिममा सतर्कता अपनाउन अनुरोध गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्