शिक्षामन्त्री पुनले माननीय लेखिएको बोर्ड हटाए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा। महावीर पुनले नामको अगाडि माननीय लेखिएको बोर्ड कार्यकक्षबाट हटाएका छन् ।

कार्यकक्ष प्रवेश गर्ने ढोका बाहिर मन्त्रीको नाम लेखिएको बोर्ड राख्ने गरिएको हुन्छ। बोर्डमा मन्त्री कार्यकक्षमा रहे नरहेको तथा व्यस्त रहेकोबारे जानकारी दिन ‘भित्र, बाहिर र व्यस्त’ लेखिएको हुन्छ ।

सोही बोर्डमा कर्मचारीले मन्त्री पुनको नाम अगाडि माननीय लेखेका थिए । त्यो देखेपछि मन्त्री पुनले माननीय हटाएर नाम मात्र लेख्न निर्देशन दिएका हुन् । त्यसपछि कर्मचारीले पेपरमा प्रिन्ट गरेर नाम मात्र राखेर टासेका छन् ।

मन्त्री पदको शपथलगत्तै पदभार ग्रहण गर्दा उनले आफूलाई माननीय मन्त्री नभन्न आग्रह गरेका थिए ।

मन्त्रालयभित्र कर्मचारीले मन्त्री भन्न सक्ने भए पनि बाहिर कसैले पनि मन्त्री भनेर सम्बोधन नगर्न उनले आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Anika4001

    September 26, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *