|
२०८२ आश्विन ६
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डसहित सबै पदाधिकारीले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन्।
आइतबारको पदाधिकारी बैठकमा शर्माले वरिष्ठ नेताको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउनुपर्ने सुझाव दिए।
अध्यक्ष प्रचण्डले समेत पार्टी कमिटीहरू भंग गरेर विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन्, जसलाई असोज ९ गतेको केन्द्रीय समितिले अनुमोदन गर्नेछ। शर्माले युवाहरूको नेतृत्व सुनिश्चित गर्दै वैचारिक र संरचनागत रूपमै पार्टी पुनर्संरचना गर्नुपर्ने बताएका छन

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्