|
२०८३ जेष्ठ ३१
धादिङ, जेठ ३१ — नागढुङ्गा–नौबिसे सडकखण्ड अन्तर्गत धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्रे कार्य पुनः सुरु भएको छ।
निर्माण सामग्री बिटुमिनको अभावका कारण प्रभावित बनेको सडक विस्तारको काम आवश्यक सामग्री उपलब्ध हुन थालेपछि अगाडि बढाइएको हो। हाल सवारी चाप बढी हुने स्थानलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ।
राजधानी प्रवेशको मुख्य मार्ग मानिने यस सडकमा निर्माण कार्य अघि बढेसँगै यात्रु र स्थानीयवासीले राहत महसुस गरेका छन्। यद्यपि वर्षायामका कारण कामको गति भने अपेक्षाअनुसार हुन नसकेको निर्माण पक्षले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्