भारतमा बिरामी बोकेर उडेको हवाईजहाजको खस्यो पांग्रा, सकुशल अवतरण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २४

भारतमा बिहीबार राति नागपुरबाट बिरामी बोकेर उडिरहेको बेला हवाईजहाजको अचानक एउटा पांग्रा खसेको छ।

बीबीसीले जनाए अनुसार पांग्रा खसेपछि विमानलाई मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएइको छ।

नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको त्यस जहाजको उड्नेबित्तिकै पांग्रा खसेको थियो।

त्यसपछि पाइलटले आफ्नो क्षमता प्रदर्शन गर्दै राति सवा ९ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गराएका हुन्। 

नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले त्यो जहाजको तस्बिरसहित ट्विट गरेर घटनाबारे जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *