प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा भइरहेको राष्ट्रपति पदको निर्वाचनमा दिउँसो पौने २ बजेसम्म ८०० मत खसेको छ । कुल ८८१ मत मध्ये अब ३७ मत खसेपछि मतदान सकिनेछ ।
संघतर्फ ३०० मत खसेको छ । राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसद गरी संघीय संसद्मा ३३४ कुल सदस्य छन् । तीमध्ये एकजना निलम्बित, एकको निधन भएको, एकजना पदमुक्तसमेत गरी तीनजना घटाउँदा कुल मतदाता ३३१ हुन आउँछ । यसमध्ये नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचाररत छन् भने राप्रपाका १४ सांसदले मतदान नगर्ने निर्णय गरिसकेका छन् । त्यसैले अब संघीय संसद्बाट मतदान गर्न बाँकी सांसदको संख्या १६ मात्र हुन आउँछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया