कोलकाताबाट उडेको केही मिनेटमै इन्डिगो विमानको बायाँ इन्जिन फेल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र १६

काठमाडौँ : शुक्रबार राति भारतको कोलकाता विमानस्थलबाट बैंगलोरका लागि उडेको इन्डिगोको विमान ठूलो दुर्घटनाबाट बचेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार इन्डिगोको फ्लाइट ६ई०५७३ विमान उडेको केही मिनेटमै बायाँ इन्जिन फेल भएको हो। तर त्यसलाई सुरक्षित रूपमा आपत्‌कालीन अवतरण गराइयो।

अधिकारीहरूका अनुसार कोलकातास्थित नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल (एनएससीबीआई) बाट उक्त विमान शुक्रबार राति १०:३६ मा उडेको थियो। तर आपत्‌कालीन अवस्थाका कारण राति १०:५३ बजे फेरि कोलकाता नै फर्काउनपर्‍यो।

भारतीय एयरपोर्ट्स अथोरिटी (एएआई) का प्रवक्ताका अनुसार घटनाका बेला कुनै आगो वा स्पार्क देखिएन, जसले गर्दा ठूलो दुर्घटना हुनबाट जोगियो।विमानलाई सुरक्षित रूपमा अवतरण गराइयो र सबै यात्रुलाई सकुशल बाहिर निकालियो।

यस विषयमा गहिरो अनुसन्धान भइरहेको र इन्जिन बिग्रनुको कारण पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *