|
२०८२ भाद्र २६
काठमाडौं । केही दिनअघिदेखि लागू गरिएको कर्फ्यु आज बिहान १० बजेसम्म खुकुलो भएपछि राजधानीका सडकमा चहलपहल बढेको छ। सवारीसाधन चल्न थालेका छन् र पसलहरू खुलेका छन्।
नेपाली सेनाको सूचनाअनुसार आज बिहान १० बजेसम्म कर्फ्यु खुला गरिएको हो। यद्यपि, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म फेरि कर्फ्यु लागू हुनेछ। बेलुकी ५ देखि ७ बजेसम्म पुनः खुकुलो हुने भए पनि त्यसपछिको समय अर्थात् बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु कडा रुपमा लागू गरिनेछ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध भदौ १९ गते युवाहरूले गरेको प्रदर्शनपछि सेनाले देशभर कर्फ्यु लगाएको हो। प्रदर्शनमा १९ जनाको ज्यान गएको थियो। अहिले भने सेनाको उपस्थिति सडकमा खासै देखिँदैन।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्