सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित निवासमा सोमबार प्रदर्शनकारीले आगजनी गरेका छन्। प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीमा रहेको मन्त्री गुरुङको घरमा प्रदर्शनकारी समूहले ढुंगामुढासँगै आगो समेत लगाएका हुन्।

प्रदर्शनकारीहरू प्रहरीको सुरक्षा घेरा तोड्दै निवाससम्म पुगेका थिए र घरमा आगो झोसेका थिए। आगलागीको घटनापछि प्रहरी तथा सुरक्षाकर्मीले तत्काल आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको जानकारी दिइएको छ।

घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ भने आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ। प्रदर्शनकारीहरू कुन माग राख्दै आन्दोलित थिए भन्ने विवरण पनि अहिलेसम्म स्पष्ट भइसकेको छैन।

सञ्चार मन्त्रालयले यस विषयमा आधिकारिक प्रतिक्रिया भने दिइसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *