सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ४

लमजुङ : सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उहाँले बिहीबार उद्घाटन गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *