|
२०८२ भाद्र २४
२४ भदौ, काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागमा मंगलबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
सोमबार १९ जनाको मृत्यु भएपछि आक्रोशित जेनजी युवाहरू विरोधमा उत्रिएका थिए। जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार, प्रदर्शनकारीले प्रहरीको घेरा तोड्दै कार्यालयमा आगो लगाएका हुन्।
प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ भने घटनास्थलमा थप सुरक्षा बल परिचालन गरिएको छ। घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्