|
२०८१ असार १२
तनहुँ : रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको मृत्यु भएको छ। आँबुखैरेनी गाउँपालिका– ५ भटिश्वराका ३४ वर्षीय रञ्जित गुरुङको रुस–युक्रेन युद्धमा परि मृत्यु भएको हो ।
नेपाली सेनामा सेवा निवृत्त भएपछि गुरुङ दुबई हुँदै आठ महिना अघि रुसी सेनामा भर्ती भएको र उनको निधन भएको खबर बुधवार प्राप्त भएको गुरुङको नाताले दाइ पर्ने आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । एम्बुसमा परी असार ५ गते निधन भएको खबर प्राप्त भएको उनले बताए । रुसी सेनामा कार्यरत साथी सुरज गुरुङले रञ्जित मृत्यु भएको खबर परिवारलाई दिएका हुन् ।
मृतक रञ्जित गुरुङको परिवारमा श्रीमती एक छोरा र एक छोरी छिन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्