ओलीलाई देउवाको फोन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २३

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक चलिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन्।

स्रोतका अनुसार देउवाले प्रधानमन्त्रीलाई निर्णयको गम्भीर परिणामबारे चेताउँदै यस्तो कदम लोकतान्त्रिक मूल्यविपरीत हुने भन्दै निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका हुन्।

उक्त समय कांग्रेसका शीर्ष नेताहरूको बैठक बुढानीलकण्ठस्थित देउवाको निवासमै जारी थियो। कांग्रेसले निर्णयको कडा विरोध जनाउँदै सडक र सदन दुवै माध्यमबाट दबाब सिर्जना गर्ने तयारी गरिरहेको बुझिएको छ।

सरकारले के उद्देश्यले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्‍यो भन्ने विषयमा भने स्पष्ट विवरण सार्वजनिक भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *