भोलिदेखि निषेधाज्ञामा थप कडाइ गरिने : पसल बिहान मात्र खोल्न पाइने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १९

काठमाडौं । काठमाडौंमा भोलिदेखि निषेधाज्ञामा थप कडाइ गरिने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरे अनुसार सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न दिइनेछ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए अनुसार सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसल खोल्न अनुमति दिने निर्णय भएको छ ।

यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय गरेको हो । यसैगरी पत्रकारको प्रेस पासको हकमा सम्बन्धित सञ्चारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *