फिलिपिन्स । युवा पुस्ताको सशक्त प्रतिनिधित्व गर्दै मुस्ताङका सांसद योगेश गौचन थकाली फिलिपिन्समा जारी जनसंख्या र विकास सम्बन्धी एसियाली संसदीय मञ्च (Asian Parliamentary Forum on Population and Development – APFPD) मा सहभागी भएका छन् । नेपालका युवाहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
APFPD ले सांसदहरू र राष्ट्रिय समितिहरूको क्षमता अभिवृद्धि गर्दै युवाहरूको भूमिकालाई प्रोत्साहन गर्ने कार्य गर्दै आएको छ । यस मञ्चमा, नेपालले जनसंख्या र विकास सम्बन्धी ३० राष्ट्रिय संसदीय समितिहरूको समन्वयकारी निकायको सदस्यको रूपमा आफ्नो उपस्थिति जनाएको छ, जसको प्रतिनिधित्व सांसद थकालीले गरेका हुन् ।
यस सम्मेलनको मुख्य एजेन्डा जनसंख्या र विकास एजेन्डा, विशेष गरी जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको कार्ययोजनार दिगो विकास लक्ष्यहरूको कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध सांसदहरूको क्षेत्रीय सञ्जाललाई सुदृढ पार्नु रहेको छ। APFPD एक क्षेत्रीय गैर-सरकारी संस्था पनि हो जसले एशिया प्रशान्त क्षेत्रमा जनसंख्या र विकासका मुद्दाहरूमा संसदीय नेतृत्व र सहकार्यलाई प्रवर्द्धन गर्दछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्