एमालेले राष्ट्रिय युवा शिखर सम्मेलन गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन ६

काठमाडौँ  : नेपाल (एमाले) ले ४० वर्षमुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ।

पार्टी महासचिव शंकर पोखरेलले युवा पुस्तालाई पार्टी काममा जोड्ने योजना अनुसार ४० वर्षमुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन गर्ने तयारी गरेको जानकारी दिएका हुन्।

एमालेले आइतबार दाङको तुलसीपुरमा आयोजना गरेको लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरूको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्ताको बीचमा पार्टीलाई पुर्‍याउनेगरी योजना बनाएको बताएका हुन्।

‘पार्टीमा युवा पुस्तालाई आकर्षित गर्दै संगठन विस्तार र सदस्यता वितरणलाई व्यापक बनाउने पार्टीको योजना छ। पार्टी कामलाई व्यवस्थित गरेर अघि बढ्न सके मात्र युवा पुस्तालाई आकर्षित गर्न सकिन्छ,’ महासचिव पोखरेलले भने।

महासचिव पोखरेलले जनसरोकारका मुद्दामा पार्टीलाई अग्रपंक्तिमा उभ्याउन आग्रह गर्दै प्रशिक्षणलाई पार्टी नेतृत्वको आधारको रुपमा विकास गर्नुपर्ने खाँचो औंल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *