अमेरिकाद्वारा नेपाललाई एक अर्ब ३० लाख अनुदान प्रदान गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १८

काठमाडौं । अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायता स्वरुप उक्त रकम प्रदान गर्ने बताएका छन् ।

आज अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताएका हुन् । “कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ”, उनको ट्विटमा भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *