नेपाललाई अमेरिकाले थप स्वास्थ्य सामग्री प्रदान गर्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३०

काठमाडौं । कोभिड १९ को प्रकोप बढ्दै गइरहेको अवस्थामा अमेरिकी रक्षा विभागले नेपाललाई थप मेडिकल उपकरणहरु प्रदान गरेको छ। यो सङ्गै महामारी सुरुभएयता अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर, १० हजार थान पीपीईलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो।

यसबीच बुधबार थप श्वासप्रश्वासमा मद्दत गर्ने उपरकण, पीपीई र हाइफ्लो अक्सिजन थेरापी उपकरणहरु पनि प्रदान गरेको हो । यस्तै महामारीको न्युनिकरणका लागि अमेरिकाले नेपाललाई हालसम्म झण्डै ४ करोड डलर बराबरको सामग्री एवं रकम सहयोग गरिसकेको छ।

महामारी सुरु भएयता अमेरिकाले नेपाललाई ३ करोड ९० लाख ९० हजार डलर सहयोग गरिसकेको नेपाल स्थित अमेरिकी दुतावासाको फेक्ट सिटमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *