कोरियाको सवा १ अर्ब अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २९

काठमाण्डौँ । दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।

साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ० बराबर अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *