|
२०८३ जेष्ठ २१
काठमाडौँ, जेठ २१ । अमेरिकाको पहलमा इजरायल र लेबनानले युद्धविरामलाई प्रभावकारी रूपमा लागू गर्ने सहमति गरेका छन्। सहमतिअनुसार हिज्बुल्लाहले इजरायलविरुद्धका सबै सैन्य गतिविधि तत्काल रोक्नुपर्नेछ।
संयुक्त वक्तव्यमा दक्षिणी लेबनानको सीमावर्ती क्षेत्रमा हिज्बुल्लाहका लडाकु र सैन्य संरचना हटाइने तथा त्यस क्षेत्रको सुरक्षा जिम्मा लेबनानी सेनाले लिने उल्लेख गरिएको छ।
युद्धविराम घोषणापछि पनि दुवै पक्षबीच केही तनावपूर्ण गतिविधि देखिएकाले यसको पूर्ण कार्यान्वयन चुनौतीपूर्ण बन्न सक्ने आकलन गरिएको छ। दीर्घकालीन शान्ति स्थापनाका लागि दुवै देशका प्रतिनिधिहरू जुन २२ मा पुनः वार्तामा बस्ने भएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्