|
२०८३ जेष्ठ २१
दमौली, जेठ २१ — तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीस्थित पृथ्वीराजमार्गमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
दुर्घटनामा एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनापछि सबै घाइतेलाई तत्काल उद्धार गरी बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्