काठमाडौं — आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार, थेरापी तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ।
कार्यक्रमअन्तर्गत कम्पनीले रु. ३ लाख आर्थिक सहयोग प्रदान गरेको हो। यस सहयोगबाट विशेष आवश्यकता भएका बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई समयमै उपयुक्त उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ। साथै, आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई यस सहयोगले केही राहत पुग्ने अपेक्षा गरिएको छ।
बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले यसअघि पनि विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनस्र्थापना सेवाहरू प्रदान गर्दै आएको छ। संस्थाको विशेषज्ञता र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
आईएमई लाइफ इन्स्योरेन्सले “Ensuring Future” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्