काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो २०२५ आज एक भव्य समापन समारोहसँगै सम्पन्न भएको छ। माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा विभिन्न तहका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सात दिनसम्म चलेको उक्त प्रदर्शनीमा १,७६,७८९ दर्शकले अवलोकन गरेका छन्। यसपालिको १७औं संस्करणको अटो शो न केवल व्यवस्थापन र प्रविधिको हिसाबले उत्कृष्ट रह्यो, उड्ने सवारी, रोबोटिक म्यान र डग, र नयाँ ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरूले आकर्षण थपे।
कार्यक्रमको उद्घाटन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीबाट गरिएको थियो। सो प्रदर्शनीमा प्रधानमन्त्रीसहित, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, प्रदेशका मुख्यमन्त्रीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू तथा विभिन्न मन्त्रालयका सचिवहरू समेत सहभागी थिए।
नाडाले अटो शोका अवसरमा दैनिक अलग-अलग विषयमा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्यो, जसमा ‘इभी एडप्सन इन नेपाल’, ‘फलाइङ्ग कार टेक्नोलोजी’, ‘कर्जा नीति र अटो बजार’, ‘युथ मोबिलिटी’, ‘मेड इन नेपाल’ लगायत विषयमा गहन छलफलहरू भए।
स्टल निर्माणमा उत्कृष्टता प्रदर्शन गर्ने कम्पनीहरूमध्ये,
- चारपांग्रे तर्फ: एमएडब्लु अटो कर्प प्रा.लि.
- दोपांग्रे तर्फ: रोयल इनफिल्ड (अल्फा अटोमोटिभ प्रा.लि.)
- लाइट कमर्शियल भेहिकल तर्फ: अद्धेत इभी प्रा.लि.
- बेस्ट सपोर्टिङ स्टल: हिटको प्रा.लि.
- बैंक तथा इन्स्योरेन्स तर्फ: ग्लोबल आईएमई बैंक लिमिटेड विजेता घोषित भए।
समापनकै दिन बसेको नाडा केन्द्रीय कार्यसमितिको २१औं बैठकले नाडालाई “नाडा अटोमोबाइल्स महासंघ नेपाल” मा रूपान्तरण गर्ने निर्णय गरेको छ, जुन प्रस्तावका लागि भाद्र २४ गते विशेष साधारण सभा आह्वान गरिएको छ।
कार्यक्रमका सहप्रायोजकहरूमा देशका प्रमुख कम्पनीहरू सहभागि थिए। ट्राफिक व्यवस्थापन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी र फायर सेफ्टी हिटको प्रा.लिले सम्हालेका थिए। प्रचारप्रसारको जिम्मा एभरेष्ट एड ले लिएको थियो।
नाडाले लायन्स क्लब अफ काठमाडौंसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ।
अध्यक्ष करण चौधरीको संयोजनमा सम्पन्न अटो शोमा सम्पूर्ण सरोकारवालाको सक्रिय सहयोगले यसलाई भव्य र सफल बनाएको बताउँदै उनले सबैलाई धन्यवाद दिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्