सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा तीज विशेष सांस्कृतिक गायन प्रतियोगिता सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ८

सोलुखुम्बु । हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा लिखु पिके गाउँपालिकाद्वारा आयोजित तीज विशेष सांस्कृतिक गायन प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत रहनुभएको थियो। उपाध्यक्ष श्री ङवाङ ल्हाक्पा शेर्पा ज्यू विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत श्री अग्नी प्रसाद पराजुली ज्यू कार्यक्रम सभापति रहनुभएको थियो।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, आमा समूह, क्लब, कृषि समूह, विद्यालय तथा अन्य सरोकारवालासहित कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। गायन प्रतियोगितामा विभिन्न समूहहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *