एमालेद्वारा ‘पार्टी जागरण अभियान’ सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १६

काठमाडौँ — नेकपा एमालेले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘पार्टी जागरण अभियान’ सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमार्फत अभियानको घोषणा गरिएको हो।

अभियान सफल बनाउन केन्द्रीय पदाधिकारीबाहेक सबै केन्द्रीय सदस्यलाई पालिकास्तरमा जिम्मेवारी दिइएको छ। साथै, केन्द्रीय निकायका सदस्य र अगुवा कार्यकर्तालाई पनि परिचालन गरिने भएको छ।

एमालेका अनुसार अभियानले निर्वाचनपछि सुस्त बनेका पार्टी कमिटी र संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *