|
२०८३ जेष्ठ १५
काठमाडौं । सरकारले नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको सेवा–सुविधा वृद्धि गरिएको जानकारी दिए।
यसैगरी, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दिइँदै आएको यातायात खर्च पनि ५० प्रतिशतले बढाइने भएको छ। सरकारको यो निर्णयले स्वास्थ्य सेवामा संलग्न कर्मचारीहरूको मनोबल बढ्ने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्