|
२०८३ जेष्ठ १५
काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले लगातार दोस्रो पटक जितेको छ। दशरथ रंगशाला कभर्डहलमा सम्पन्न फाइनलमा इरानले काजखस्तानलाई ३–१ सेटले पराजित गर्दै अपराजित रहँदै च्याम्पियन बनेको हो।
पहिलो सेट इरानले २५–१८ ले जितेको थियो भने काजखस्तानले दोस्रो सेट २५–१९ ले बराबरी गर्यो। त्यसपछि इरानले तेस्रो र चौथो सेट क्रमशः २५–१५ र २५–२१ ले जित्दै उपाधि रक्षा गर्यो।
यसैबीच, तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३–१ सेटले पराजित हुँदै प्रतियोगिता पदकविहीन बनेको छ। आठ टोली सहभागी प्रतियोगितामा भारत तेस्रो र नेपाल चौथो स्थानमा सीमित भए।
घरेलु मैदानमा खेलिएको प्रतियोगितामा नेपालले पदक जित्ने लक्ष्य राखे पनि सफल हुन सकेन। प्रशिक्षक जगदीश भट्टले युवा खेलाडीलाई अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता उपयोगी भएको प्रतिक्रिया दिएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्