खुम्बु पासाङल्हामु गाउँपालिकाले काठमाण्डौमा ६६२ नागरिकलाई सेवा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २३

सोलुखुम्बु — खुम्बु पासाङल्हामु गाउँपालिकाले काठमाण्डौको चावहिलमा साउन १८ देखि २२ गतेसम्म सञ्चालन गरेको प्रशासनिक शिविरबाट ६६२ स्थायी बासिन्दाले सेवा लिएका छन्। शिविरमा वडा नं. १ देखि ५ सम्मका नागरिकले सिफारिस, सामाजिक सुरक्षा भत्ता नवीकरण, पञ्जिकरण, व्यवसाय दर्ताजस्ता सेवा पाए। शिविरमार्फत करिब ५ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *