रसुवा बाढीको कारण फसेका नागरिकको उद्धार गर्न गएका सहायक हवल्दार भिरबाट खसेर घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार २५

काठमाण्डौँ । रसुवाको बाढीको कारण फसेका नागरिकका उद्धार गर्न गएका सशस्त्र प्रहरी बलको एक जना सहायक हवल्दार भिरबाट खसेका छन् ।

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् ।

२१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । उनको प्राथमिक उपचारको लागि टिमुरे तर्फ स्ट्रेचरमा हालेर लगिएपनि अवस्था गम्भीर भएकोले नेपाली सेनाले हेलिकप्टर पठाउन लागेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *