झोलुंगेपुलबाट राप्ती नदीमा खसेका किशोरको उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन २१

दाङ : राप्ती नदीमा फसेका एक किशोरको दाङ प्रहरीले उद्धार गरेको छ।

सोमबार साँझ राप्ती गाउँपालिका- ३ खुरुरियास्थित राप्ती नदिमा रहेको झोलुङेपुलबाट नदीमा खसेका १३ वर्षीय किशोरको इलाका प्रहरी कार्यालय भालुबाङको टोलीले उद्धार गरेको हो। बाढीले ल्याएका दाउरा निकाल्ने क्रममा स्थानीय १३ वर्षीय सुधन चौधरी अचानक नदिमा खसेका थिए। नदीले बगाउँदै लगेपछि उनी पानी नभएको नदीको बीचभागमा निस्किएका थिए।

त्यहाँबाट नदी पार गरेर आउन नसकेका किशोरलाई तत्कालै इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी टोली र ज्वालामाई गणबाट गएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *