ताल भरिएर फसेका एकैपरिवारका चारजनाको एपीएफद्वारा उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २६

कास्की : सशस्त्र प्रहरीले डुवानमा फसेका एकैपरिवारको चारजनाको उद्धार गरेको छ। कास्कीको पोखरा महानगरपालिका-२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सकुशल उद्धार गरेको हो।

गुल्मी स्थायी घर भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीयाकी आयुष्का अधिकारीलाई डुब्न लागेको अवस्थामा स्थानीयहरुको सूचनाका आधारमा विहान ८ बजे उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए।

सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको विशेष विपद उद्धार टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *